काठमाडौँ । प्रदर्शनरत नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढेको एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । आन्दोलनकारीले ढुंगा प्रहार गर्दा प्रहरीले लाठी चार्ज गरेको थियो ।
केही घाइते भएका छन् । एक जना टाउको चोट लागेको खबर प्राप्त भएको छ ।

