२०८३, आश्विन २१ गते

images
  • समाचार
  • रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्दामा आज...

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्दामा आज सुनुवाइ

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्दामा आज सुनुवाइ

सोमवार, चैत्र १६ २०८२१२:०३
सोमवार, चैत्र १६ २०८२१२:०३
  • images

    काठमाडौं । रवि लामिछाने विरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दा पेशीमा परेको हो। यसअघि लगातार चारपटक “हेर्न नभ्याइएको” सूचीमा परेको यो मुद्दा आजको सूचीमा १२औं नम्बरमा रहेको छ।

    लामिछानेले नेपाली र अमेरिकी गरी दोहोरो राहदानी प्रयोग गरेको आरोप लगाउँदै युवराज पौडेलले दुई वर्षअघि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानूनविपरीत रहेको दाबी गरिएको छ।

    तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए। सो निर्णयविरुद्ध युवराज सफल सर्वोच्च पुगेका हुन्।

    यसअघि सर्वोच्च अदालतले तीनपटक फाइल मगाउने आदेश दिएको थियो। २०७९ चैत २२ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले कारण देखाउ आदेश जारी गर्दै महान्यायाधिवक्ता कार्यालयसँग मुद्दा नचलाउने निर्णयको कारण पेश गर्न निर्देशन दिएको थियो।

    महान्यायाधिवक्ता कार्यालयबाट सम्बन्धित कागजात प्राप्त भएपछि अब मुद्दामा दोहोरो सुनुवाइ हुन लागेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend