२०८३, आश्विन २१ गते

images
  • समाचार
  • फास्ट ट्रयाक भन्दै रकम असुल्ने १५...

फास्ट ट्रयाक भन्दै रकम असुल्ने १५ बिचौलिया प्रहरीको फन्दामा

फास्ट ट्रयाक भन्दै रकम असुल्ने १५ बिचौलिया प्रहरीको फन्दामा

सोमवार, चैत्र १६ २०८२०४:४६
सोमवार, चैत्र १६ २०८२०४:४६
  • images

    काठमाडौं । ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट १५ जना बिचौलिया पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले सञ्चालन गरेको विशेष अपरेशनमार्फत उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

    प्रहरीका अनुसार पक्राउ परेका बिचौलियाहरूले सेवाग्राहीलाई छिटो काम गरिदिने भन्दै ‘फास्ट ट्रयाक’को प्रलोभन देखाएर रकम असुल्ने तथा अनावश्यक हैरानी दिने गरेको गुनासो बढेपछि कारबाही अघि बढाइएको हो। सेवाग्राहीबाट लगातार उजुरी आएपछि प्रहरीले निगरानी बढाउँदै अपरेशन सञ्चालन गरेको थियो। सोही क्रममा कार्यालय परिसरबाटै उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।

    पक्राउ परेकाहरूलाई हाल प्रहरी वृत्त सातदोबाटोमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन्। प्रहरीले सार्वजनिक सेवा कार्यालयहरूमा हुने यस्ता बिचौलिया गतिविधि नियन्त्रण गर्न आगामी दिनमा पनि निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend