२०८३, आश्विन २१ गते

images
  • समाचार
  • अदालतले दियो रेखा शर्मालाई तीन दिन...

अदालतले दियो रेखा शर्मालाई तीन दिन हिरासतमा राख्न अनुमति

अदालतले दियो रेखा शर्मालाई तीन दिन हिरासतमा राख्न अनुमति

सोमवार, चैत्र १६ २०८२०७:५२
सोमवार, चैत्र १६ २०८२०७:५२
  • images

    काठमाडौँ । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ। 

    सोमबार जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौँले सोमबार शर्मालाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थपको निवेदन दिएको थियो। 

    प्रहरीले आइतबार राति शर्मालाई पक्राउ गरेको थियो। घरमा राखेकी बालिकालाई यातना दिएको शर्मालाई आरोप लगाइएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend