२०८३, आश्विन २१ गते

images
  • समाचार
  • जेनजी आन्दोलनमा गोली हान्ने आदेश दिने...

जेनजी आन्दोलनमा गोली हान्ने आदेश दिने सीडीओ रिजाल पक्राउ

जेनजी आन्दोलनमा गोली हान्ने आदेश दिने सीडीओ रिजाल पक्राउ

मंगलवार, चैत्र १७ २०८२०८:४५
मंगलवार, चैत्र १७ २०८२०८:४५
  • images

    काठमाडौँ । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दियो । स्रोतका अनुसार उनलाई काठमाडौंको बानेश्वरस्थित घरबाटै नियन्त्रणमा लिइएको हो । 

    जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । 

    गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए । 

    आयोगले उनलाई पनि कारबाही सिफारिस गरेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend