२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पूर्वप्रधानमन्त्री र मन्त्री नै पक्राउ परेपछि...

पूर्वप्रधानमन्त्री र मन्त्री नै पक्राउ परेपछि ट्रान्सपरेन्सी इन्टरनेसनलले भन्योः भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुवात

पूर्वप्रधानमन्त्री र मन्त्री नै पक्राउ परेपछि ट्रान्सपरेन्सी इन्टरनेसनलले भन्योः भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुवात

मंगलवार, चैत्र १७ २०८२०५:४६
मंगलवार, चैत्र १७ २०८२०५:४६
  • images

    काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले नवगठित सरकारले भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय शुरुवात गरेको बताएको छ। बालेन शाह नेतृत्वमा बनेको नयाँ सरकारले धमाधम पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई पक्राउ परेपछि मंगलबार विज्ञप्ती जारी गर्दै ट्रान्सपरेन्सी नेपालले देशलाई सुशासनतर्फ लैजान समयसीमासहित बृहत कार्यसूची पारित गरेकोमा प्रशंसा गरेको हो।

    ‘जनताको सुशासनको चाहनाअनुरुप प्रतिनिधिसभाको करिव दुई–तिहाई बहुमतसहित नवगठित सरकारले पारित गरेको शासकीय सुधारसम्बन्धी कार्यहरुको सूची जनादेशको भावना र मागअनुरुप हुनुका साथै धेरै वर्षदेखि उठाइँदै आइएका सुशासनका विषयहरु अधिकांश रुपमा समावेश भएको ठहर गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल प्रशंसा गर्दछ,’ विज्ञप्तीमा भनिएको छ।

    पहिलो बैठकमै उक्त कार्यसूची पारित गर्नुले नयाँ सरकारले जनताको हित र सुशासनप्रति प्रतिबद्धता देखाएको ट्रान्सपरेन्सीले जनाएको छ।

    ‘बृहत कार्यसूचीमा उल्लेखित कार्यहरुको कार्यान्वयनको सुरुवात भइसक्नु सराहनीय छ। तोकिएको समय सीमाभित्र सवै कार्यहरु सम्पन्न हुनेछन् भन्नेमा आशा र विश्वाश लिएका छौं,’ ट्रान्सपरेन्सी नेपालले भनेको छ।

    suchana.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend