२०८३, आश्विन २१ गते

images

प्रधानमन्त्रीको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं

प्रधानमन्त्रीको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं

मंगलवार, चैत्र १७ २०८२०५:५३
मंगलवार, चैत्र १७ २०८२०५:५३
  • images

    काठमाडौँ ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन् । उनी स्वकीय शाखा अधिकृतसरहको सेवासुविधा लिने गरी प्रधानमन्त्रीको प्रेस सहजकर्ता नियुक्त भएका हुन् ।

    बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा  पनि बजगाईंले प्रेस संयोजकको भूमिका निर्वाह गरेका थिए । उनी बालेनको चुनावी क्याम्पेन टिमसँगै झापा निर्वाचन क्षेत्र नम्बर ५ पुगेका थिए ।

    यसअघि उनले बाह्रखरी, शिलापत्र, नेपालभ्युजलगायत सञ्चारमाध्यममा काम गरेका थिए ।

    यसअघि बालेनको प्रमुख सल्लाहकारमा कुमार व्यञ्जनकार, राजनितिक सल्लाहकारमा असिम शाह, मुख्य स्वकीय सचिवमा सुवास शर्मा, निजी सचिवमा प्रदीप परियार, प्रशासन प्रमुख सुदीप ढकाल र सूचना तथा प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend