काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन् । मंगलबार बिहान पक्राउ परेका उनलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेकोे हो ।
उनलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।
काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार सरकारी वकिल कार्यालयसँगको परामर्शपछि उनलाई हाजिरी जमानीमा छाडिएको हो ।

