२०८३, आश्विन २१ गते

images

संसद बस्न अघि सर्वदलीय बैठक आज

संसद बस्न अघि सर्वदलीय बैठक आज

सीएनएन खबर
बुधवार, चैत्र १८ २०८२०७:१७
सीएनएन खबर
बुधवार, चैत्र १८ २०८२०७:१७
  • images

    काठमाडौँ । संघीय संसद् सचिवालयले संसद्को अधिवेशन आह्वान भएसँगै तयारीका लागि आज सर्वदलीय बैठक बस्दै छ।

    संसदमा प्रतिनिधित्व गरेका सबै दललाई आज १ बजे सर्वदलीय बैठकका निम्ति निम्तो दिएअनुसार आज बैठक बस्ने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

    राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को चैत १६ को  सिफारिसअनुसार चैत १९ गते अपराह्न २  बजे संघीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गरेका छन्। सोहीअनुसार संसद्को पहिलो बैठक चैत १९ गते अपराह्न २ बजे बस्दै छ।

    बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने छ। प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलको सहभागिता छ। सोहीअनुसार आज ती दलका सांसदसहित सर्वदलीय बैठक बस्ने भएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend