२०८३, आश्विन २१ गते

images
  • समाचार
  • रोयल ट्युलिप काठमाडौंमा ट्रान्क्यूलिटी स्पाको नयाँ...

रोयल ट्युलिप काठमाडौंमा ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा सञ्चालन

रोयल ट्युलिप काठमाडौंमा ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा सञ्चालन

बुधवार, चैत्र १८ २०८२०४:०९
बुधवार, चैत्र १८ २०८२०४:०९
  • images

    काठमाडौँ । नेपालमा वेलनेस तथा स्पा सेवाप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै ट्रान्क्यूलिटी स्पाले ग्वार्कोस्थित रोयल ट्युलिप काठमाडौंमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। आधुनिक पूर्वाधार, दक्ष थेरापिस्ट र अन्तर्राष्ट्रियस्तरको सेवा संयोजनमार्फत ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ।

    नयाँ शाखामा थर्मल हाइड्रो थेरापी, परम्परागत मसाज थेरापी, प्रिमियम सैलुन सेवा, स्विमिङ तथा जिम सुविधा उपलब्ध गराइएको छ। ग्राहकको मागअनुसार ललितपुर क्षेत्रमा पनि पूर्ण सुविधा सम्पन्न वेलनेस तथा हेल्थ क्लब विस्तार गरिएको कम्पनीको भनाइ छ।

    दुई दशकदेखि स्पा तथा वेलनेस संस्कृतिको प्रवर्द्धन गर्दै आएको ट्रान्क्यूलिटी स्पाले हाल देशभर १८ भन्दा बढी शाखा सञ्चालन गरिसकेको छ। अधिकांश शाखा प्रतिष्ठित होटल तथा प्रमुख पर्यटकीय गन्तव्यहरूमा रहेका कारण यसको सेवा आन्तरिक तथा बाह्य पर्यटकबीच लोकप्रिय बन्दै गएको छ।

    द सोल्टी काठमाडौं, र्याडिसन होटल, रमादा बाइ विन्डहम, होटल शंकर, चन्द्रागिरि हिल्स रिसोर्ट, रोयल ट्युलिप चितवन, फिसटेल लज, माउन्टेन ग्लोरी र सिद्धार्थ विलासा लगायतका प्रतिष्ठित होटलहरूमा सेवा विस्तार गरिसकेको कम्पनीले मलेसियामा समेत आफ्नो उपस्थिति विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत पहिचान बनाएको छ।

    कम्पनीका प्रमुख परिचालन अधिकारी रनिल फैजुले नयाँ शाखा सञ्चालनले राजधानीमा उच्चस्तरीय वेलनेस सेवाको पहुँच अझ विस्तार हुने विश्वास व्यक्त गरे। “व्यस्त जीवनशैलीबीच शारीरिक तथा मानसिक सन्तुलन कायम राख्न वेलनेस सेवाको आवश्यकता दिनप्रतिदिन बढिरहेको छ,” उनले भने।

    त्यस्तै, कम्पनीका अध्यक्ष भुवन फैजुले गुणस्तरीय स्पा सेवा विस्तार संस्थाको दीर्घकालीन रणनीति भएको उल्लेख गर्दै यसले वेलनेस पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने बताए।

    हाल ट्रान्क्यूलिटी स्पाले देशभर करिब २५० जनालाई रोजगारी प्रदान गर्दै आएको छ। नयाँ शाखा सञ्चालनसँगै ग्राहकले प्रिमियम आतिथ्य सेवासँगै एकै स्थानमा वेलनेस सुविधा उपभोग गर्न सक्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend