२०८३, आश्विन २१ गते

images

४ हजार २ सयसम्म बढ्यो हवाई भाडा, अब कुन गन्तव्यको कति ?

४ हजार २ सयसम्म बढ्यो हवाई भाडा, अब कुन गन्तव्यको कति ?

बुधवार, चैत्र १८ २०८२०४:२२
बुधवार, चैत्र १८ २०८२०४:२२
  • images

    काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरूले हवाई भाडामा इन्धन चार्ज शुल्क बढाएका छन्। नेपाल आयल निगमले आन्तरिक हवाई इन्धन प्रतिलिटर १ सय २४ रुपैयाँले बढाउँदै प्रतिलिटर २ सय ५१ रुपैयाँ बनाएको थियो।

    इन्धनको मूल्य बढेसँगै वायुसेवा कम्पनीहरूको सहकार्यमा नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन चार्ज शुल्क बढाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सिफारिस गरेको हो। सिफारिस गरिएको भाडामा मन्त्रालयले सहमति दिएको छ।

    योसँगै माउन्टेन उडानको भाडा ४ हजार २ सय २५ सय रुपैयाँले बढेको छ। यसैगरी काठमाडौं(धनगढीको ५ हजार ४ सय ८० रुपैयाँ हवाई भाडा बढ्ने भएको छ।

    काठमाडौं-भद्रपुरको ३ हजार ७ सय २५, काठमाडौं-विराटनगरको २ हजार ९ सय ८०, काठमाडौं-सिमरा १ हजार १ सय २०, काठमाडौं-राजविराज २ हजार ५ सय ४०, काठमाडौं-जनकपुर १ हजार ६ सय, काठमाडौं-तुम्लिङटार २ हजार २ सय ९०, काठमाडौं-चितवन १ हजार ३ सय ३०, काठमाडौं-भैरहवा २ हजार ५ सय ५५, काठमाडौं-नेपालगञ्ज ४ हजार ४५, काठमाडौं-सुर्खेत ४ हजार २ सय ८५ र काठमाडौं-पोखराको भाडा १ हजार ९ सय ७० रुपैयाँ भाडा बढ्ने भएको छ।

    1775025497-gMVHn.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend