२०८३, आश्विन २४ गते

images
  • समाचार
  • निर्माण व्यवसायी महासंघको अधिवेशन आज, अध्यक्षमा...

निर्माण व्यवसायी महासंघको अधिवेशन आज, अध्यक्षमा पाण्डे र लामा भिड्दै

निर्माण व्यवसायी महासंघको अधिवेशन आज, अध्यक्षमा पाण्डे र लामा भिड्दै

सीएनएन खबर
बिहिवार, चैत्र १९ २०८२१०:४०
सीएनएन खबर
बिहिवार, चैत्र १९ २०८२१०:४०
  • images

    काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। जारी अधिवेशनअन्तर्गत हुन लागेको निर्वाचनमा दुई प्रमुख प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

    महासंघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा र निर्माण व्यवसायी निकोलस पाण्डे आ-आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। लामाले अनुभव र संस्थागत निरन्तरताको एजेन्डा अघि सारेका छन् भने पाण्डेले युवा नेतृत्व, परिवर्तन र व्यवसायीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिएका छन्।

    लामा समूहले अनुभवलाई मुख्य आधार बनाउँदै आफ्नो टिम प्रस्तुत गरेको छ। उक्त समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठ उम्मेदवार रहेका छन्। लामाले सार्वजनिक खरिद ऐन संशोधनलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्। महासचिवका उम्मेदवार घिमिरे यसअघि महासंघको उपमहासचिवका रूपमा काम गरिसकेका अनुभवी व्यक्ति मानिन्छन्।

    उता पाण्डे समूह युवा जोस र संरचनागत परिवर्तनको नारासहित चुनावी प्रतिस्पर्धामा छ। उक्त समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतम उम्मेदवार रहेका छन्। पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र व्यवसायी प्रतिकूल रहेका सार्वजनिक खरिद ऐनका दफाहरू खारेज गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend