२०८३, आश्विन २४ गते

images
  • समाचार
  • सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष संवाद...

सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष संवाद सुरु, सय दिनभित्र रकम फिर्ताको लक्ष्य

सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष संवाद सुरु, सय दिनभित्र रकम फिर्ताको लक्ष्य

बिहिवार, चैत्र १९ २०८२११:२४
बिहिवार, चैत्र १९ २०८२११:२४
  • images

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छिन् । सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थाल्नेकी हुन् ।

    बिहीबार बिहानदेखि मन्त्रालय परिसरमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई आफ्ना समस्या र गुनासा प्रत्यक्ष रूपमा राखिरहेका छन्। लामो समयदेखि बचत फिर्ता नपाउँदा समस्यामा परेका सर्वसाधारणले पहिलो पटक मन्त्रीसमक्ष आफ्नो अवस्था राख्ने अवसर पाएका हुन्।

    छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई सरकारको उच्च प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो। “पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ,” उनले भनिन ।

    सरकारले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न चरणबद्ध रूपमा काम अघि बढाइरहेको जनाउँदै मन्त्री रावलले विशेषगरी साना बचतकर्तालाई तत्काल राहत दिने योजनामा केन्द्रित रहेको बताइन ।

    यस प्रत्यक्ष संवाद कार्यक्रमले लामो समयदेखि अन्योलमा रहेका सहकारी पीडितहरूको समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend