२०८३, आश्विन २१ गते

images
  • समाचार
  • निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित,...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

शुक्रवार, चैत्र २० २०८२०७:१८
शुक्रवार, चैत्र २० २०८२०७:१८
  • images

    काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी आङदोर्जी लामालाई पराजित गर्दै ५१४ मतसहित जित हासिल गरेका हुन् । लामाले ४१३ मत प्राप्त गरे ।

    अध्यक्षमा निर्वाचित निकोलस पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा एएसी ब्रिक उत्पादक संघका अध्यक्षसमेत हुन् । उनी निर्माण व्यवसायसँगै एक युवा उद्यमीका रूपमा पनि परिचित छन् । पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का नेता विक्रम पाण्डेका छोरा रहेका पाण्डेले नेतृत्व गर्दै आएको कालिका कन्स्ट्रक्सनले निर्माण क्षेत्रमा थुप्रै ठूला परियोजनाहरू सम्पन्न गर्दै आएको छ।

    वरिष्ठ उपाध्यक्ष पदमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै नेतृत्वको दोस्रो महत्वपूर्ण पद आफ्नो पक्षमा पारे । 

    त्यसैगरी, महासचिवमा शिवहरी घिमिरे विजयी भएका छन् । घिमिरेले ५२७ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी बलिभद्र रानालाई पराजित गरे । रानाले ३८० मत प्राप्त गरे ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend