२०८३, आश्विन २१ गते

images

सभामुखको मनोनयन दर्ता आज, आइतबार निर्वाचन

सभामुखको मनोनयन दर्ता आज, आइतबार निर्वाचन

शुक्रवार, चैत्र २० २०८२०७:३१
शुक्रवार, चैत्र २० २०८२०७:३१
  • images

    काठमाडौँ । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरू हुँदैछ । सत्तारुढ घटक रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुखमा अघि सार्ने निर्णय गरिसकेको छ ।

    आइतबार हुने निर्वाचनको सार्वजनिक कार्यतालिका अनुसार आज बिहान ११ देखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम छ ।

    साढे २ देखि उम्मेदवारको सूची प्रकाशन गरिने छ । दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।

    राष्ट्रियसभा उपाध्यक्ष पदको लागि भने चैत २३ गते निर्वाचन हुँदैछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend