२०८३, आश्विन २४ गते

images
  • समाचार
  • वैदेशिक रोजगारमा ठगी गर्नेमाथि ‘एक्सन’मा विभागका...

वैदेशिक रोजगारमा ठगी गर्नेमाथि ‘एक्सन’मा विभागका महानिर्देशक आचार्य, गरिन ३५२ आरोपित सार्वजनिक

वैदेशिक रोजगारमा ठगी गर्नेमाथि ‘एक्सन’मा विभागका महानिर्देशक आचार्य, गरिन ३५२ आरोपित सार्वजनिक

शुक्रवार, चैत्र २० २०८२०४:२८
शुक्रवार, चैत्र २० २०८२०४:२८
  • images

    काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रमिक ठगीमा संलग्न रहेको आरोपमा ३५२ म्यानपावर व्यवसायी तथा कर्मचारीको विवरण सार्वजनिक गरेको छ। विभागले पीडित श्रमिकहरूबाट प्राप्त उजुरीका आधारमा गरिएको प्रारम्भिक अनुसन्धानपछि आरोपितहरूको नाम, ठेगाना र ठगी रकम सार्वजनिक गरेको हो।

    विभागकी महानिर्देशक मीरा आचार्यका अनुसार उजुरीपछि गरिएको अनुसन्धानमा ठगीको प्रारम्भिक पुष्टि भएकाले संदिग्धहरूको विवरण सार्वजनिक गरिएको हो। उनले केही आरोपितविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको र अन्यका हकमा अनुमति लिने प्रक्रिया जारी रहेको जानकारी दिइन्।

    ‘उजुरीका आधारमा अनुसन्धान गर्दा ठगी भएको पुष्टि भएपछि विवरण सार्वजनिक गरिएको हो,’ आचार्यले भनिन्, ‘कतिपयलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी भइसकेको छ भने अन्यका लागि प्रक्रिया अघि बढाइएको छ।’

    विभागले श्रमिक ठगी गर्ने म्यानपावर व्यवसायी तथा कर्मचारीविरुद्ध कडा कानुनी कारबाही अघि बढाइएको पनि जनाएको छ। ‘श्रमिक ठगेर व्यवसाय चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न हामी अझ आक्रामक ढंगले अघि बढ्नेछौँ,’ उनले भनिन्।

    साथै, विभागले ठगीमा परेका श्रमिकहरूलाई आवश्यक प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ। पछिल्लो समय उजुरीको संख्या बढ्दै गएको उल्लेख गर्दै विभागले थप जनशक्ति व्यवस्थापनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय भइरहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend