२०८३, आश्विन २४ गते

images
  • समाचार
  • वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी...

वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ

वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ

सीएनएन खबर
शुक्रवार, चैत्र २० २०८२०५:२७
सीएनएन खबर
शुक्रवार, चैत्र २० २०८२०५:२७
  • images

    काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा रकम सङ्कलन गरी सम्पर्कविहीन भएका चार जनालाई प्रहरीले  पक्राउ गरेको छ । 

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सल्यानका कर्णबहादुर राउत, तनहुँका आनन्द थापा, नवलपरासी ९पूर्व०का राधिका पाठक पौडेल र मोरङका तिलक परियारलाई पक्राउ गरेको हो । 

    पक्राउ परेका चारै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरूले विभिन्न व्यक्तिबाट ७३ लाखभन्दा बढी रकम ठगी गरेको कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

    राउतले ११ जनालाई फिनल्याण्ड पठाइदिने भन्दै ५७ लाख, थापाले माल्टा पठाउने भन्दै एक जनासँग चार लाख ५० हजार, पौडेलले दुई जनासँग रु चार लाख २० हजार र परियारले सर्विया पठाइदिने भन्दै दुई जनासँग आठ लाख रकम लिई बेपत्ता भएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend