काठमाडौँ । प्रहरीले काठमाडौँमा गुन्डागर्दीविरुद्ध ‘काठमाडौँ सेफ्टी अपरेसन’ सुरु गरेको छ।
यस क्रममा गएराति प्रहरीले गुन्डागर्दीमा संलग्न आरोपमा काठमाडौँका विभिन्न स्थानमा केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट सो संख्यामा विभिन्न मान्छेहरू पक्राउ परेको एसएसपी थापाले बताए ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार श्याम लामा समूहमा सक्रिय रही बौद्ध एरियामा गुन्डागर्दी गर्ने प्रवीण तामाङ ९डिम्पल०, कलंकी(बाफल एरियामा गुन्डागर्दी गर्ने बिर्जु महर्जन, कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुन्डागर्दी गर्ने सुजन कार्की, स्युचाटार एरियामा गुन्डागर्दी गर्ने सरु हुमागाईं र बौद्ध एरियामा लुटपाट तथा गुन्डागर्दीमा संलग्न विकी लामालाई पक्राउ गरिएको हो।
अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसर काठमाडौँले उनीहरूसहित गुन्डागर्दीमा संलग्न आरोपमा कम्तीमा १३ जनालाई पक्राउ गरेको छ।

