काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी शंकर अग्रवाललाई रिहा गर्ने निर्णय गरेको छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि विभागले अग्रवाललाई शुक्रबार राति नियन्त्रणमा लिएको थियो। बयान लिने प्रक्रिया पूरा भएपछि उनलाई रिहा गरिएको विभागले जनाएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार आवश्यक सोधपुछ र बयानपछि अग्रवाललाई छाडिएको हो। अग्रवाल शंकर ग्रुपका अध्यक्ष हुन् र लामो समयदेखि नेपालको व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
विभागले भने सम्बन्धित मुद्दामा अनुसन्धान जारी रहने जनाएको छ।

