२०८३, आश्विन २१ गते

images
  • समाचार
  • आजदेखि देशभरिका सरकारी कार्यालय र बैंक...

आजदेखि देशभरिका सरकारी कार्यालय र बैंक वित्तीय संस्था बिहान ९ बजे खुल्ने

आजदेखि देशभरिका सरकारी कार्यालय र बैंक वित्तीय संस्था बिहान ९ बजे खुल्ने

सीएनएन खबर
सोमवार, चैत्र २३ २०८२०७:३९
सीएनएन खबर
सोमवार, चैत्र २३ २०८२०७:३९
  • images

    काठमाडौँ । आजदेखि देशभरिका सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन् ।

    आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले आजदेखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा अन्य बार सरकारी कार्यालय खुल्ने समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको थियो ।

    सरकारले पेट्रोलियम पदार्थ आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको हो ।

    ‘पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने’, मन्त्रिपरिषद्‌को निर्णयमा भनिएको छ । 

    त्यस्तै बैठकको निर्णयको अर्को बुँदामा भनिएको छ, ‘शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने ।’

    यसैबीच, काठमाडौं महानगरपालिकाले सरकारको सो निर्णय कार्यान्वयन गर्ने सबैलाई निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend