२०८३, आश्विन २१ गते

images

घुस सहित पक्राउ परे इन्जिनियर

घुस सहित पक्राउ परे इन्जिनियर

मंगलवार, चैत्र २४ २०८२१०:४६
मंगलवार, चैत्र २४ २०८२१०:४६
  • images

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित एकजना इन्जिनियरलाई नियन्त्रणमा लिएको छ। 

    आयोगले सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दासलाई १ लाख ४० हजार घुससहित नियन्त्रणमा लिएको हो।

    चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर जडान गरी विद्युत लाइन उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।

    अख्तियारको टोलीले दासलाई सेवाग्राहीबाट १ लाख ४० हजार घुस लिइसकेको अवस्थामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-२ बाट सोमबार नियन्त्रणमा लिएको हो।

    घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend