२०८३, आश्विन २१ गते

images
  • समाचार
  • मोटरसाइकल ठोक्किएर आगलागी हुँदा ३ विद्यार्थीको...

मोटरसाइकल ठोक्किएर आगलागी हुँदा ३ विद्यार्थीको जलेर मृत्यु, ३ जना गम्भीर

मोटरसाइकल ठोक्किएर आगलागी हुँदा ३ विद्यार्थीको जलेर मृत्यु, ३ जना गम्भीर

मंगलवार, चैत्र २४ २०८२०१:४०
मंगलवार, चैत्र २४ २०८२०१:४०
  • images

    काठमाडौं । महोत्तरीमा आज बिहान भएको सडक दुर्घटनामा तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ भने थप तीन जना गम्भीर घाइते भएका छन्।

    जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। ठक्करपछि दुवै मोटरसाइकलमा एक्कासि आगलागी हुँदा घटनास्थलमै तीन विद्यार्थीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार दुर्घटनामा घाइते भएका तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था मध्यम रहेको छ। उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

    प्रहरीका अनुसार आगलागी अत्यन्त तीव्र भएकाले दुवै मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। मोटरसाइकलको नम्बर प्लेट समेत नदेखिने अवस्थामा पुगेकाले सवारी साधनको पहिचान गर्न कठिन भएको छ।

    प्रारम्भिक अनुसन्धानमा मृतकहरू एसइई परीक्षा दिएर फर्किरहेका विद्यार्थी रहेको खुलेको छ। यद्यपि, मृतक तथा घाइतेको नाम, थर र ठेगाना भने हालसम्म सार्वजनिक गरिएको छैन।

    घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend