२०८३, आश्विन २१ गते

images
  • समाचार
  • हङकङमा देउवा दम्पती, बयानमा नआएपछि पक्राउ...

हङकङमा देउवा दम्पती, बयानमा नआएपछि पक्राउ पुर्जी जारी

हङकङमा देउवा दम्पती, बयानमा नआएपछि पक्राउ पुर्जी जारी

बुधवार, चैत्र २५ २०८२१२:५५
बुधवार, चैत्र २५ २०८२१२:५५
  • images

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

    सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाउँदै आएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा अदालतले यस्तो आदेश दिएको हो। अनुसन्धानका क्रममा बयानका लागि बारम्बार बोलाउँदा पनि दुवै जना उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको जनाएको छ।

    स्रोतका अनुसार हाल देउवा दम्पती हङकङमा रहेको र उनीहरूलाई नेपाल फर्किएपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने तयारी गरिएको छ। अनुसन्धान निकायले उनीहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विभिन्न आरोपहरूबारे छानबिन गरिरहेको छ।

    अदालत स्रोतले भने, “बयानका लागि बोलाउँदा उपस्थित नभएपछि कानुनी प्रक्रियाअनुसार पक्राउ पुर्जी जारी गरिएको हो।”

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend