२०८३, आश्विन २१ गते

images
  • समाचार
  • फोनमा भनाभनः इमाडोलबाट पाटन बोलाएर दाजुभाइकै...
पाटन घटना

फोनमा भनाभनः इमाडोलबाट पाटन बोलाएर दाजुभाइकै हत्या, आमा भेट्न लन्डन जाने तयारीमा थिए

फोनमा भनाभनः इमाडोलबाट पाटन बोलाएर दाजुभाइकै हत्या, आमा भेट्न लन्डन जाने तयारीमा थिए

बिहिवार, चैत्र २६ २०८२०७:५१
बिहिवार, चैत्र २६ २०८२०७:५१
  • images

    काठमाडौँ ।  ललितपुरको पाटनस्थित कृष्णमन्दिरअगाडि चक्कु प्रहारबाट घाइते भएका दुईजनाको मृत्यु भएको छ ।

    बुधबार भएको उक्त घटनामा झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र ३३ वर्षीय सुमित नेम्बाङमाथि चक्कु प्रहार भएको थियो । घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएकामा उनीहरूको मृत्यु भएको हो । सुमित र सिर्जन दाजुभाइ हुन् ।

    प्रहरीले घटनाका मुख्य आरोपितलाई पक्रिएको छ । ललितपुर प्रहरीको टोलीले मुख्य आरोपित सन्जीबच नेपालीलाई पक्राउ गरेको हो ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा घाइते भएका नेम्बाङ दाजुभाइको फोन आरोपित सन्जीब नेपालीको नम्बरमा जाँदा सोही विषयमा विवाद भएको खुलेको छ । नेम्बाङ दाजुभाइ र अपरिचित नेपालीबीच फोनमै भनाभन भइ इमाडोल बस्ने नेम्बाङ दाजुभाइ नेपालीलाई भेट्न कृष्णमन्दिर पुगेका थिए ।

    बुधबार साँझ पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट ज्यान गुमाएका सुमित र सिर्जन नेम्वाङ आमा भएको ठाउँ लन्डन जाने तरखरमा रहेको पाइएको छ । तर, एउटालाई गरेको फोन अर्कैको नम्बरमा डायल हुँदा उत्पन्न विवादपछि दाजुभाइले नै ज्यान गुमाएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend