२०८३, आश्विन २१ गते

images
  • समाचार
  • हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री...

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

बिहिवार, चैत्र २६ २०८२०१:३६
बिहिवार, चैत्र २६ २०८२०१:३६
  • images

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री  एस जयशङ्करको निमन्त्रणामा मरिससको राजधानी लुइसमा भोलिदेखि आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन ९आइओसी० मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

    ‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षक यही चैत २७ र २८ गते हुने उक्त सम्मेलन मरिसस सरकारसँगको सहकार्यमा इन्डिया फाउन्डेसनले आयोजना गर्न लागेको हो ।

    सम्मेलनमा परराष्ट्रमन्त्री खनालले नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्नेछन् । उनले हिन्द महासागर क्षेत्रको शासन, पहाड–महासागर पारिस्थितिक सम्बन्ध तथा आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्वका विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री खनालले विभिन्न देशका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । उनी यही चैत ३० गते स्वदेश फर्कनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend