२०८३, आश्विन २१ गते

images
  • समाचार
  • महासंघको निर्वाचन वैशाख २१ र २२...

महासंघको निर्वाचन वैशाख २१ र २२ गते हुने

महासंघको निर्वाचन वैशाख २१ र २२ गते हुने

सीएनएन खबर
आइतवार, चैत्र २९ २०८२१०:२२
सीएनएन खबर
आइतवार, चैत्र २९ २०८२१०:२२
  • images

    काठमाडौँ । उच्च अदालत पाटनको आदेशपछि रोकिएको नेपाल उद्योग वाणिज्य मंहासघको साधारण सभा तथा निर्वाचन वैशाख २१ र २२ गते हुने भएको छ । महासघंको पदाधिकारी बैठक बसेर उक्त निर्णय गरेको हो ।

    बैठकले अदालती मुद्दाको विषयमा कानुनी परामर्श गरी निर्वाचन गर्ने निर्णय गरेको बताइएको छ । महासंघ पदाधिकारी बैठकको निर्णय अनुमोदनका लागि वैशाख ९ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

    चैत २९ र ३० गतेका लागि तोकिएको निर्वाचन एवम् साधारण सभा उच्च अदालत पाटनले रोकेको थियो । बस्तुगत तर्फको सदस्य पेट्रोलियम ढुवानी महासघको उजुरीपछि अदालतले निर्वाचन रोकेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend