२०८३, आश्विन २१ गते

images
  • समाचार
  • कच्चा पदार्थको मूल्यवृद्धिको असर: प्रशोधित पानी...

कच्चा पदार्थको मूल्यवृद्धिको असर: प्रशोधित पानी अब महँगो

कच्चा पदार्थको मूल्यवृद्धिको असर: प्रशोधित पानी अब महँगो

शनिवार, बैशाख ५ २०८३११:४५
शनिवार, बैशाख ५ २०८३११:४५
  • images

    काठमाडौँ । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय गरेको छ ।

    इन्धनसँगै कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।

    शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार र जार क्याप लगायतका कच्चा पदार्थको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको जनाएको छ ।

    महासंघले उद्योग सञ्चालनलाई सहज बनाउन, कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न र ढुवानी लागत नियन्त्रणका लागि आवश्यक कदम चाल्न पनि सरकारसँग माग गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend