२०८३, आश्विन २१ गते

images
  • समाचार
  • महँगो पार्किङ शुल्क घटाउने तयारी, तीन...

महँगो पार्किङ शुल्क घटाउने तयारी, तीन दिनभित्र सुझाव दिने समिति गठन

महँगो पार्किङ शुल्क घटाउने तयारी, तीन दिनभित्र सुझाव दिने समिति गठन

सोमवार, बैशाख ७ २०८३०६:०३
सोमवार, बैशाख ७ २०८३०६:०३
  • images

    काठमाडौँ । नेपालका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूमा सवारी साधन पार्किङ शुल्क अत्यधिक महँगो भएको गुनासो बढ्दै गएपछि सरकारले त्यसको पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुल्क संशोधनका लागि तीन दिनभित्र सुझाव पेश गर्ने जिम्मेवारीसहित ५ सदस्यीय समिति गठन गरेको हो।

    मन्त्रालयका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त उपमहानिर्देशक विनोद प्रसाद न्यौपानेको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिलाई हाल कायम पार्किङ शुल्कको अवस्थाबारे अध्ययन गर्दै आवश्यक संशोधनका लागि ठोस सिफारिस गर्न निर्देशन दिइएको छ।

    विमानस्थल प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीहरूले विमानस्थल परिसरमा सवारी पार्किङ शुल्क अत्यधिक महँगो भएको गुनासो गर्दै आएका थिए। विशेषगरी छोटो समयका लागि पार्किङ गर्दा समेत उच्च शुल्क असुलिएको भन्दै सर्वसाधारणबाट व्यापक असन्तुष्टि देखिएको छ।

    यही गुनासोलाई मध्यनजर गर्दै सरकारले शुल्क संरचना पुनरावलोकन गरी उपयुक्त र न्यायोचित बनाउने तयारी थालेको हो। समितिले दिएको सुझावका आधारमा आगामी दिनमा पार्किङ शुल्क घट्ने वा नयाँ दर निर्धारण हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend