२०८३, आश्विन २१ गते

images
  • समाचार
  • मन्न्त्रिपरिषद बैठकका ५ निर्णयः नियुक्तीदेखि विधेयक...

मन्न्त्रिपरिषद बैठकका ५ निर्णयः नियुक्तीदेखि विधेयक संसदमा पेशसम्म

मन्न्त्रिपरिषद बैठकका ५ निर्णयः नियुक्तीदेखि विधेयक संसदमा पेशसम्म

मंगलवार, बैशाख ८ २०८३०४:५८
मंगलवार, बैशाख ८ २०८३०४:५८
  • images

    काठमाडौँ । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो मन्त्रिपरिषद् बैठक बसेको थियो ।

    उक्त बैठकका निर्णयहरू सञ्चार, सूचना एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी गराएका छन् ।

    यस्ता छन् मुख्य निर्णयहरू :

    –नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टको संयोकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल, काठमाडौं सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने ।

    –नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने । 

    –प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।

    –मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।

    –समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend