२०८३, आश्विन २१ गते

images
  • समाचार
  • नेपाल माइक्रो इन्स्योरेन्समा अर्थसचिव उपाध्यायको श्रीमतीको...

नेपाल माइक्रो इन्स्योरेन्समा अर्थसचिव उपाध्यायको श्रीमतीको लगानी

नेपाल माइक्रो इन्स्योरेन्समा अर्थसचिव उपाध्यायको श्रीमतीको लगानी

बुधवार, बैशाख ९ २०८३०४:०८
बुधवार, बैशाख ९ २०८३०४:०८
  • images

    काठमाडौँ । बिचौलीया दीपक भट्टसँग साझेदारी रहेको प्रमाण सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । बिचौलीयासँग पुरानो सम्बन्ध भन्दै आलोचना बढेपछि उनले गृहमन्त्रीबाट राजीनामा दिएका हुन् । 

    पछिल्लो समय भट्टसँग विभिन्न व्यवसायीक घरनादेखि सरकारी उच्च कर्मचारीहरु समेत मुछिन थालेका छन् । जसको एउटा उदाहरण हो अर्थसचिव डा घनश्याम उपाध्याय । उनै बिचौलीया भट्टको लगानी रहेको नेपाल माइक्रो इन्स्योरेन्समा अर्थसचिव रहेका उपाध्यको श्रीमतिको लगानी रहेको पाइएको छ । 

    672684720_26916240464666790_8122951718655761593_n.jpg

    सार्वजनिक भएको कम्पनीको संस्थापक शेयरधनीको लिष्टमा ७ नम्बरमा रहेकी भगवती उपाध्यय अर्थसचिव उपाध्ययको श्रीमती हुन् । उनले सो कम्पनीको १० हजार किता शेयर १० लाख रुपैयाँमा खरिद गरेको विवरणमा उल्लेख छ । 

    विभागीय मन्त्रालयका सचिवकै श्रीमतीको नाममा रहेको लगानीले विशेष ध्यान खिचेको छ । नीति निर्माण तहमा बसेका व्यक्तिको परिवारको वित्तीय गतिविधि सिधै बजारसँग जोडिनुले स्वार्थको टकरावको जोखिम बढाउने आंकलन गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend