काठमाडौँ । बिचौलीय व्यवसायी दीपक भट्टका व्यवसायीक साझेदारका रुपमा रहेका शेखर गोल्छा प्रहरीको सम्पर्कमा रहेको पाइएको छ । भारत जानका लागि बुधबार साँझ भैरहवा पुगेका उनलाई भारत जान रोकेर शर्तसहित काठमाडौँ फकाईएको प्रहरीले जनाएको छ ।
हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष समेत रहेका उनलाई प्रहरीले पक्राउ गर्न खोज्दा उनी आफै प्रहरी कार्यालयमा आउने भनेपछि शर्तसहित भारतजानबाट रोकिएको हो ।
प्रहरी स्रोतका अनुसार फोन सम्पर्कमा रहने, मोबाइल अफ नगर्ने र सिधै प्रहरीको सम्पर्कमा आउने शर्त राखिएको छ । दिपक भट्ट र सुलभ अग्रवालले गरेको कानून विपरीको कारोबारमा उनको पनि संलग्नता रहेका पाइएको छ ।
यसअघि समाचारमा केही तथ्यगत कमजोरी भएकोले सच्याइएको छ –सं

