२०८३, आश्विन २१ गते

images
  • समाचार
  • चैतमा नौ सय विपद्का घटना, तीस...

चैतमा नौ सय विपद्का घटना, तीस  जनाको मृत्यु

चैतमा नौ सय विपद्का घटना, तीस  जनाको मृत्यु

बिहिवार, बैशाख १० २०८३१२:२६
बिहिवार, बैशाख १० २०८३१२:२६
  • images

    काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । 

    आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो । 

    दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन् । विपद्बाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भउको छ भने ५२९ चौपाया मरेका छन् । 

    विपद्बाट रु ३३ करोड ७२ लाख ६१ हजार बराबरको क्षति भएको अनुमान  छ । विपद् प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । 

    विपद्बाट १४३ जना विस्थापित भएका छन् । सो अवधिमा कोशीमा २७२, मधेसमा १३६, बागमतीमा ८५, काठमाडौँ उपत्यकामा ३९, गण्डकीमा ९५, लुम्बिनीमा १२९, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ९३ वटा विपद्का घटना भएका जनाइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend