२०८३, आश्विन २१ गते

images
  • समाचार
  • हाजिर नहुने १६ प्रमुख प्रशासकीय अधिकृतलाई...

हाजिर नहुने १६ प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयको अल्टिमेटम: ३ दिनभित्र नगए कडा कारबाही

हाजिर नहुने १६ प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयको अल्टिमेटम: ३ दिनभित्र नगए कडा कारबाही

शुक्रवार, बैशाख ११ २०८३०७:१६
शुक्रवार, बैशाख ११ २०८३०७:१६
  • images

    काठमाडौँ । लामो समयदेखि सरुवा भएर पनि खटाइएको स्थानीय तहमा हाजिर हुन नजाने कर्मचारीहरूमाथि सरकारले कडा कदम चाल्ने संकेत दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ जना उपसचिव तथा शाखा अधिकृत तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन दिनभित्र अनिवार्य रूपमा खटाइएको स्थानीय तहमा रमाना लिई हाजिर हुन निर्देशन दिएको हो ।

    मन्त्रालयले मिति २०८२ भदौदेखि २०८२ चैतसम्म विभिन्न स्थानीय तहमा सरुवा भई समय बितिसक्दा पनि हाजिर नभएका ती कर्मचारीहरूलाई लक्षित गर्दै २०८३ वैशाख १० गते औपचारिक पत्राचार गरेको जनाएको छ । पत्रमा तोकिएको समयभित्र हाजिर नभए निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० बमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट उल्लेख गरिएको छ ।

    मन्त्रालयका अनुसार लामो समयदेखि सरुवा आदेश अवज्ञा गर्दै साविककै कार्यालयमा कार्यरत रहने प्रवृत्ति बढ्दै गएको गुनासो आएपछि यस्तो कदम चालिएको हो । यसले स्थानीय तहमा प्रशासनिक सेवा प्रवाहमा असर परेको र कर्मचारी व्यवस्थापनमा चुनौती सिर्जना गरेको मन्त्रालयको भनाइ छ ।

    सरकारले आगामी दिनमा समेत सरुवा भई खटाइएको स्थानमा हाजिर हुन अटेर गर्ने कर्मचारीहरूलाई कडाइका साथ कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ । मन्त्रालयको यो निर्णयलाई कर्मचारी अनुशासन कायम गर्न तथा स्थानीय तहमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend