२०८३, आश्विन २१ गते

images
  • समाचार
  • जिल्ला प्रशासन काठमाडौँले भन्योः शुक्रबार साँझसम्म...

जिल्ला प्रशासन काठमाडौँले भन्योः शुक्रबार साँझसम्म सुकुम्बासी बस्ती खाली नभए शनिबार बिहानै भत्काइन्छ

जिल्ला प्रशासन काठमाडौँले भन्योः शुक्रबार साँझसम्म सुकुम्बासी बस्ती खाली नभए शनिबार बिहानै भत्काइन्छ

शुक्रवार, बैशाख ११ २०८३०३:२३
शुक्रवार, बैशाख ११ २०८३०३:२३
  • images

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘अत्यन्त जरुरी सूचना’ जारी गरेर शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने जनाएको छ। 

    काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा नदी किनारका सार्वजनिक, सरकारी पर्ती जग्गामा भएका घर टहरा खाली गरिने जनाइएको छ। यसका लागि शुक्रबार साँझ ७ बजेसम्म घर टहरा खाली गर्न भनिएको छ। 

    ‘अवैध रुपमा बनाइएका घर टहराहरू मिति २०८३ वैशाख ११ गते साँझ ७ बजेभित्रमा खाली गर्नुहोला,’ सूचना भनिएको छ। 

    घर टहरा खाली नगरिए शनिबार बिहानैदेखि भत्काउने चेतावनी दिइएको छ। ‘मिति २०८३ वैशाख १२ गते बिहान ६ बजेदेखि घर टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रुपमा खाली गर्ने कार्य हुनेछ,’ जिल्ला प्रशासनले भनेको छ, ‘त्यस कार्यमा कोही कसैले बाधा व्यवधान सिर्जना गर्ने कार्य गरेमा कानुनबमोजिम कडा कारबाही भई जानेछ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend