२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बालेन सरकारले गर्‍यो कर्मचारीलाई ३ महिना...

बालेन सरकारले गर्‍यो कर्मचारीलाई ३ महिना वैदेशिक भ्रमणमा प्रतिबन्ध

बालेन सरकारले गर्‍यो कर्मचारीलाई ३ महिना वैदेशिक भ्रमणमा प्रतिबन्ध

शुक्रवार, बैशाख ११ २०८३०३:३२
शुक्रवार, बैशाख ११ २०८३०३:३२
  • images

    काठमाडौँ । सरकारले आगामी तीन महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग र निकाय (सबै) लाई पत्राचार गर्दै उक्त व्यवस्था गर्न निर्देशन दिएको हो ।

    सरकारको गत चैत १३ गतेको निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको उच्च प्राथमिकतका साथ कार्यान्वयन भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्यालयले उक्त निर्देशन दिएको हो ।

    “कर्मचारी वैदेशिक भ्रमणमा जाँदा उक्त एक सय कार्यसूचीको कार्यान्वयनमा बाधा उत्पन्न हुनसक्ने भएकाले वैदेशिक भ्रमणमा कुनै पनि कर्मचारीलाई मनोनयन नगर्न अनुरोध छ”, प्रधानमन्त्री कार्यालयद्वारा जारी निर्देशनमा उल्लेख छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend