२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बालेन सरकारले दियो नागार्जुन, कीर्तिपुर, भक्तपुरसहित...

बालेन सरकारले दियो नागार्जुन, कीर्तिपुर, भक्तपुरसहित ५ स्थानमा सुकुम्बासी बसोबासको व्यवस्था

बालेन सरकारले दियो नागार्जुन, कीर्तिपुर, भक्तपुरसहित ५ स्थानमा सुकुम्बासी बसोबासको व्यवस्था

शनिवार, बैशाख १२ २०८३१०:४९
शनिवार, बैशाख १२ २०८३१०:४९
  • images

    काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका सुकुम्वासी बस्ती हटाउने कार्य सुरु गरेसँगै उनीहरूलाई तत्कालीन पुनःस्थापना गर्न पाँच सुरक्षित विकल्प दिएको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले ती पाँच सुरक्षित विकल्प शनिबार सार्वजनिक गरेको हो । 

    “जसको कतै पनि जायजेथा छैन, उनीहरूका लागि सरकारले मानवीय संवेदनाका आधारमा पाँचवटा स्थानमा तत्कालीन पुनःस्थापनाको बाटो खोलेको छ,” प्रधानमन्त्रीको सचिवालयले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार सुकुम्वासीको लागि तत्कालीन पुनःस्थापना गर्न पहिलो विकल्प नागार्जुन (इचंगु) मा ४२ वटा व्यवस्थित आवास युनिट दिइएको छ ।
     
    दोस्रो विकल्पमा कीर्तिपुरस्थित सत्सङको ठूलो भवनलाई राखिएको छ । तेस्रो विकल्पमा भक्तपुरको बोडेस्थिल कृषि विकास बैंकको तालिम केन्द्रलाई राखिएको छ । 

    चौथौ र पाँचौँ विकल्पमा खरीपाटी र चाँदबागस्थित सरकारी भवन र खाली जग्गालाई पेस गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend