२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बाह्र दिनमा चार सय २२  विपद्का...

बाह्र दिनमा चार सय २२  विपद्का घटना

बाह्र दिनमा चार सय २२  विपद्का घटना

सीएनएन खबर
आइतवार, बैशाख १३ २०८३०६:५४
सीएनएन खबर
आइतवार, बैशाख १३ २०८३०६:५४
  • images

    काठमाडौँ । वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्मा परेर २३ जनाको निधन भएको छ भने विपद्मा परेर ७३ घाइते भएका छन् ।

    प्राधिकरणका अनुसार सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ र लेक लागेर तीन घटना भएका छन् । त्यस्तै, डुङ्गा पल्टेर एक, डढेलो ११४, सर्पदंश २०, जनावर आक्रमण १६, पहिरो, भारी वर्षा, बाढी र असिनाका समान दुई–दुईवटा घटना घटेका छन् ।

    विपद्मा परेर सो अवधिमा मात्रै ५२७ घटना घटेका छन् । यस्तै, यही वैशाख ११ गते बिहानदेखि वैशाख १२ गते बिहानसम्म २४ घण्टामा मात्रै ३२ वटा विपद्का घटना भएका छन् । कुल २७ जिल्ला विपद्का कारण प्रभावित भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend