काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग लिएको ५० हजार रुपैयाँ घुस सहित प्रहरीलाई नियन्त्रणमा लिएको छ ।
आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाटमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार विष्णु थापा श्रेत्रीलाई घुस सहित नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार क्षेत्रीले लागूऔषध मुद्धामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट उक्त रकम घुस लिएका थिए । आयोगले घुस रकमसहित उनलाई नियन्त्रणमा लिएको हो ।

