२०८३, आश्विन २१ गते

images
  • समाचार
  • २४ घण्टामा २,४९२ चालक कारबाहीमा: नियम...

२४ घण्टामा २,४९२ चालक कारबाहीमा: नियम उल्लङ्घनबाट ५ लाखभन्दा बढी राजस्व संकलन

२४ घण्टामा २,४९२ चालक कारबाहीमा: नियम उल्लङ्घनबाट ५ लाखभन्दा बढी राजस्व संकलन

आइतवार, बैशाख १३ २०८३०८:३४
आइतवार, बैशाख १३ २०८३०८:३४
  • images

    काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार चार सय बयानब्बे सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा पाँच लाख चार हजार राजस्व दाखिला भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६८, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २७५, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १४५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो । 

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९६, निषेधित क्षेत्रमा हर्न बजाउने ७५, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ५९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४१३ जनालाई कारबाही गरिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend