२०८३, आश्विन २१ गते

images
  • समाचार
  • वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा...

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

सीएनएन खबर
आइतवार, बैशाख १३ २०८३१०:४०
सीएनएन खबर
आइतवार, बैशाख १३ २०८३१०:४०
  • images

    काठमाडौँ । वर्षाका कारण भोजपुरमा सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा प्रभावित भएको छ । 

    जिल्लाको भोजपुर नगरपालिका–५, बोखिमस्थित सडक शनिबार साँझको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत पर्ने सडक भएकाले यहाँ दैनिक सवारीसाधन आवतजावत गर्छन् । हाल सवारी आवागमनमा समस्या भएको र सडक मर्मतका लागि पहल भइरहेको वडाध्यक्ष फविन्द्र प्रधानले बताए ।

    वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रका कच्ची सडकमा पनि क्षति पुगेको छ । यहाँ सञ्चालित हाइड्रोपावर र ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा समस्या हुँदा जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षाका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend