२०८३, आश्विन २१ गते

images
  • समाचार
  • आजको मौसम पूर्वानुमानः लुम्बिनी र सुदूरपश्चिम...

आजको मौसम पूर्वानुमानः लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा  तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने

आजको मौसम पूर्वानुमानः लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा  तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने

सीएनएन खबर
सोमवार, बैशाख १४ २०८३०६:४०
सीएनएन खबर
सोमवार, बैशाख १४ २०८३०६:४०
  • images

    काठमाडौँ । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आइतबार बदली भएको छ । 

    कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा  तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend