२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पेन्सनका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता हट्यो:...

पेन्सनका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता हट्यो: जुम्लामा इ–पेन्सन लागू

पेन्सनका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता हट्यो: जुम्लामा इ–पेन्सन लागू

सोमवार, बैशाख १४ २०८३०७:०३
सोमवार, बैशाख १४ २०८३०७:०३
  • images

    काठमाडौँ । हिमाली जिल्ला जुम्लामा पहिलोपटक सरकारका स्थायी कर्मचारीका लागि इ–पेन्सन सुरु गरिएको छ ।

    सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको इ–पेन्सन सेवा जुम्लाबाट सुरु गरी कार्यान्वयनमा ल्याएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिए ।

    सो सेवाअन्तर्गत चन्दननाथ नगरपालिकाबाट निवृत्त कृषि विकास कार्यालयका कृषि अधिकृत कमल थापा क्षेत्रीले पहिलो सेवाग्राहीका रुपमा सेवा लिएका छन्। कार्यालयमार्फत अधिकार पत्रसँगै सञ्चित बिदाको रकम र उपचार खर्चसमेत एकै ठाउँबाट प्राप्त गर्न सकिने व्यवस्था रहेको कोष नियन्त्रक अछामीले बताए ।

    इ–पेन्सन सेवा उपलब्ध भएपछि काठमाडौँ जाने बाध्यता हटेको छ । समय र खर्चको बचतसमेत भएको छ । सेवा प्रवाहलाई थप डिजिटल बनाउन लागिपरेको कोष नियन्त्रकको कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend