काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले राजीनामा दिएका छन् । केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका बस्यालले सोमबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
बस्याल २०८२ भदौ २० गते अध्यक्षमा नियुक्त भएका थिए । मन्त्रीपरिषद्ले नै उनीहरुलाई नियुक्त गरेको हो । अहिले मुलुकमा रास्वपाको सरकार आएसँगै उनीहरुले राजीनामा दिएका हुन् ।
सरकार गठनसँगै रास्वपा सभापति रवि लामिछानेले राजनीतिक नियुक्त लिएकाहरुलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न भन्दै आएका थिए । त्यसपछि बस्यालले राजीनामा गर्ने मनाशयमा पुगेको थिए ।
बस्यालले नयाँ सरकारलाई मार्ग प्रशस्त गर्दै राजीनामा दिएको जानकारी दिए । सरकारको गतिलाई सहयोग गर्ने योजना अनुसार नै राजीनामा दिएको उनको भनाइ छ ।
यसअघि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका थिए ।

