२०८३, आश्विन २१ गते

images
  • समाचार
  • नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुनेस्...

नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुनेस् कृषिको सबैभन्दा ठूलो हिस्सा, व्यापार र शिक्षामा पनि उल्लेख्य योगदान

नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुनेस् कृषिको सबैभन्दा ठूलो हिस्सा, व्यापार र शिक्षामा पनि उल्लेख्य योगदान

मंगलवार, बैशाख १५ २०८३०१:०९
मंगलवार, बैशाख १५ २०८३०१:०९
  • images

    काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ मा नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयले आज प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

    नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि औद्योगिक वर्गीकरणअनुसार विभिन्न क्षेत्रहरूको कुल मूल्य अभिवृद्धिमा योगदान र वृद्धिदर सार्वजनिक गरेको छ ।

    सार्वजनिक गरिएको विवरणअनुसार कृषि, वन तथा मत्स्य क्षेत्रले सबैभन्दा बढी २४.०३ प्रतिशत योगदान दिएको छ । यसको वृद्धि दर भने १.५८ प्रतिशत रहेको छ । थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाले १४.०९ प्रतिशत योगदान दिएको छ । यसको वृद्धि दर ४.५१ प्रतिशत रहेको छ ।

    केन्द्रीय तथ्याङक कार्यालयका अनुसार  यातायात तथा भण्डारण क्षेत्रको योगदान ७.२३ प्रतिशत रहेको छ भने उद्योग क्षेत्रको योगदान ५.७२ प्रतिशत रहेको छ । घर, जग्गा कारोबार सेवा ९रियल इस्टेट० ले ८।०७ प्रतिशत योगदान दिएको छ।

    सूचना तथा सञ्चार क्षेत्रको योगदान १.९३ प्रतिशत, वित्तीय तथा बीमासम्बन्धी ६.७२, शिक्षा क्षेत्रले ९.२२ प्रतिशत योगदान पुर्‍याएका छन् । मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रमा १.८७ प्रतिशत योगदान दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend