काठमाडौँ । सरकारले २ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पत्र पठाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो ।
संसद् अधिवेशन आह्वानको भोलिपल्टै अधिवेशन स्थगित गरेको सरकारले अध्यादेशको बाटो रोजेको हो । संसद् चलिरहेका बेला अध्यादेश ल्याउन पाइँदैन । वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
सरकारको सिफारिस पत्रपश्चात राष्ट्रपति कानुनी परामर्शमा रहेको शीतल निवास स्रोतले बतायो ।
संसद छलेर सरकार अध्यादेशको बाटोमा लागेको भन्दै चौतर्फी आलोचना भइरहँदा सरकारले २ अध्यादेश ल्याउन लागेको हो ।

