२०८३, आश्विन २१ गते

images
  • समाचार
  • तीव्र हावाहुरीको चेतावनी: चार प्रदेशका विभिन्न...

तीव्र हावाहुरीको चेतावनी: चार प्रदेशका विभिन्न जिल्लामा सतर्कता अपनाउन आग्रह

तीव्र हावाहुरीको चेतावनी: चार प्रदेशका विभिन्न जिल्लामा सतर्कता अपनाउन आग्रह

बुधवार, बैशाख १६ २०८३०६:५४
बुधवार, बैशाख १६ २०८३०६:५४
  • images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग ले आज साँझदेखि देशका चार प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ। विभागले सार्वजनिक गरेको सूचनाअनुसार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही स्थानमा हावाहुरीको जोखिम देखिएको हो।

    विभागका अनुसार आज साँझ ५:४५ बजेदेखि हावाहुरी सुरु हुने र भोलि बिहान ७:४५ बजेसम्म जारी रहने अनुमान गरिएको छ। विशेष गरी सुदूरपश्चिम प्रदेशका डडेलधुरा, डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, मधेश प्रदेशका धनुषा, बारा तथा कोशी प्रदेशको मोरङसहित आसपासका जिल्लामा यसको प्रभाव देखिन सक्ने बताइएको छ।

    यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले मंगलबार बेलुकी सूचना जारी गर्दै सकेसम्म घरबाहिर ननिस्किन, झ्यालढोका राम्रोसँग बन्द गर्न, जस्ताले बनेका छाना कमजोर भए बलियो बनाउन तथा घरबाहिर आगो नबाल्न सुझाव दिएको छ।

    सम्भावित हावाहुरीले जनजीवन प्रभावित पार्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरूले आग्रह गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend