काठमाडौँ । सरकारले बल्खुस्थित सुकुम्बासी बस्तीमा डोज चलाएपछि त्यहाँ बस्दै आएका एक पुरुषले आत्महत्या गरेका छन् ।
शुक्रबार बिहान बस्तीमा डोजर पसेपछि म हेर्न सक्दीन भन्दै घरबाट निस्कीएका ६१ वर्षीय ईन्द्रबहादुर राई मृत भेटिएका हुन् ।
पत्नी सरिता र उनका छोरा अहिले घटनास्थलमै छन् । स्थानीयबासीका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा १६र१७ वर्षदेखि बस्दैआएको थियो ।
उनी बल्खुस्थित सब्जीमण्डीमा काम गर्ने गरेको पनि स्थानीयले बताएका छन् ।
यसअघि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले पनि आत्महत्या गरेका थिए।

