काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छैन।
मंगलबार जिल्ला अदालतका न्यायाधीश मोना सिंहको इजलासले हिरासतमा राख्न अनुमति दिन अस्वीकार गरेको हो।
आदेशमा भनिएको छ, ‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्ने सम्मको अवस्थाको विद्यमानता रहेको नदेखिएकोले मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा (४९३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन।’
यसअघि सोमबार सर्वोच्च अदालतले व्यवसायी गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएका थियो। उनी पाँच लाख धरौटी बुझाएर रिहा भएका थिए।
सोमबार साँझ रिहा भएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिमा सम्बन्धी कसूरमा पक्राउ गरेको थियो। उनलाई हिरासतमा राख्नका लागि ब्युरोले आज जिल्ला अदालतबाट अनुमति मागेको थियो।
अब प्रहरीले बिमा सम्बन्धी कसूरमा गोल्छालाई हिरासतमा राख्न पाउनेछैन।

