२०८३, आश्विन २१ गते

images
  • समाचार
  • प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना...

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

मंगलवार, बैशाख २२ २०८३०६:०४
मंगलवार, बैशाख २२ २०८३०६:०४
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्टनारायण यादवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कागती पकेट विकास कार्यक्रममा अनियमितता गरेको भन्दै आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    लागत अनुमान बमोजिमको काम नगरी फिल्डमा नभएको कामको समेत नापी गरी ११ लाख ६९ हजार ७६० रुपैयाँ भुक्तानी गरिएको आयोगको दाबी छ ।

    उक्त मुद्दामा सोही पालिकाको वडा नम्बर १२ का तत्कालीन वडाध्यक्ष गंगाबहादुर पुन, पालिकाका तत्कालीन इन्जिनियर खुबीराज शाही, सब(इन्जिनियर कमलप्रसाद केसीलाई पनि प्रतिवादी बनाइएको छ ।

    त्यसैगरी, तत्कालीन कम्प्युटर अपरेटर चित्रबहादुर केसी, तत्कालीन कृषि प्राविधिक ओमप्रकाश ओली, तत्कालीन सह(लेखापाल नवराज खडका र पुथा हिमालयन अर्गानिक कृषि प्रालि र त्यसका प्रोप्राइटर सुजन पुनविरुद्ध पनि मुद्दा लगाइएको छ ।

    त्यसैगरी, सोही परियोजना अन्तर्गत बंगुर पकेट विकास कार्यक्रमअन्तर्गत ९ लाख ६७ हजार ३७८ रुपैयाँ अनियमितता भएको भन्दै ७ जनाविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend