२०८३, आश्विन २१ गते

images
  • समाचार
  • चौबिस घण्टामा २ हजार ७६ सवारी...

चौबिस घण्टामा २ हजार ७६ सवारी चालक कारबाहीमा, ट्राफिकबाट १० लाख बढी राजस्व संकलन

चौबिस घण्टामा २ हजार ७६ सवारी चालक कारबाहीमा, ट्राफिकबाट १० लाख बढी राजस्व संकलन

सोमवार, आषाढ ८ २०८३१०:५८
सोमवार, आषाढ ८ २०८३१०:५८
  • images

    काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ७६ जना चालक ट्राफिक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व संकलन भएको छ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८८ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ९३ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ११७ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने २२८ जनामाथि कारबाही गरिएको छ।

    यस्तै, लेन अनुशासन पालना नगर्ने १२९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९० जना तथा एकतर्फी सडकको नियम उल्लङ्घन गर्ने ८८ जना चालक पनि कारबाहीमा परेका छन्।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदी का अनुसार अन्य विभिन्न प्रकारका सवारी नियम उल्लङ्घन गर्ने एक हजार १८६ जना चालकलाई समेत कारबाही गरिएको छ।

    ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न, दुर्घटना न्यूनीकरण गर्न तथा सुरक्षित यातायात सुनिश्चित गर्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend